अपि पावर कम्पनीले १ करोड ६५ लाख कित्ता हकप्रद जारी गर्ने

३ माघ २०७९, मंगलवार १०:११

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.४० अनुपातमा हकप्रद जारी गर्ने भएको हो ।

कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँमा आव २०७८।७९ को ७.५ प्रतिशत बोनस शेयर समेत समावेश गरी कायम हुने चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको १ः०.४० को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

सो बैठकको निर्णयअनुसार अंकित मूल्य १०० रुपैयाँ दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय भएको हो । साथै नियमक निकाय विद्युत नियमन आयोगको समेत समेत स्वीकृति प्राप्त भइसकेको कम्पनीले जनाएको छ । साथै कम्पनीको आगामी वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव लैजाने कम्पनीले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*