नेप्सेद्धारा दुई कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?

२ माघ २०७९, सोमबार १४:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेकोछ । नेप्सेले नेको इन्स्योरेन्स र आँधिखोला लघुवित्त वित्तीय संस्थको शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले नेको इन्स्योरेन्सको पुष २८ गतेसम्म कायम ८९५ रुपैयाँ २० पैसाका आधारमा १५ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ७७८ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।

साथै नेप्सेले आँधिखोला लघुवित्तको पनि पुष २८ गतेसम्म कायम १७७५ रुपैयाँ ५० पैसाका आधारमा ३० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य १३६५ रुपैयाँ ७७ पैसा कायम गरेको छ ।

सोही मूल्यकै आधारमा भोलि यी दुवै कम्पनीको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*