तीन जीवन बीमा कम्पनीको अन्तिम मर्जर सम्झौतामा हस्ताक्षर, नाम-हिमालयन लाइफ, स्वाप रेसियो १ः१ः१

१ माघ २०७९, आईतवार १६:५२

काठमाडौं । तीन वटा जीवन बीमा कम्पनीहरु आपसमा मर्जर जान अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले अन्तिम सम्झौता पत्रमा आज केहीबेर अघि हस्ताक्षर सम्पन्न गरेका हुन् ।

काठमाडौंस्थित होटल अलफ्टमा भएको सम्झौतामा प्राइम लाइफ, गुराँस लाइफ युनियन लाइफका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् । आज हस्ताक्षर गरिएको २५ बुँदे सम्झौतामा अब हिमालयन लाइफको नामबाट एकीकृत कारबार हुनेछ । कम्पनीको केन्द्रीय कार्यालय हालको प्राइम लाइफको केन्द्रीय कार्यालय रहेको स्थानमा हुनेछ । त्यस्तै कम्पनीको अध्यक्ष सुलभ अग्रवाल हुनेछ भने सिईओ मनोज लाल कर्ण हुनेछन् । त्यस्तै गुराँस लाइफका सिईओ र प्राइम लाइफका कामु सिईओ डेपुटी सिईओको रुपमा हुनेछन् ।

 

कम्पनीले अब छिट्टै एकीकृत कारोबार गर्ने सञ्चालकहरुले बताएका छन् ।

अन्तिम सम्झौता पत्रमा सहमतीसँगै यी तीनवटै कम्पनीले एकीकृत कारोबारका लागी वार्षिक साधारण सभा वा विशेष साधारण सभाबाट एकीकृत कारोबारका लागी अनुमोदन गराएपछि एकीकृत कारोबार गर्ने बाटो खुल्नेछ । तीन जीवन बीमा कम्पनीहरूबीच आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा गत बैशाख २९ गते प्रारम्भिक सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।

युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफको मर्जर पछि कूल चुक्ता पुँजि ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*