विदेशमा लगानी गर्न राष्ट्र बैंकले लगायो प्रतिवन्ध

विदेशमा कारोबार गरे कारबाही गर्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको दफा ९ ग ले यस बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको हुँदा नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी कुनै पनि कार्यहरु जस्तैः विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार ( सोसम्बन्धी प्रचार–प्रसार समेत) र यस बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक विदेशमा भुक्तानी हुने सम्बन्धी कार्य नगर्नु नगराउनु हुन एवम् त्यस्तो कार्य गर्ने ÷ गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ।