माघमा विकास बैंकहरुले पनि घटाए ब्याजदर, व्यक्तिगत र संस्थागतमा कति ?

काठमाडौं । विकास बैंक र फाइनान्सहरुले पनि माघदेखि ब्याजदर घटाउने तयारी गरेको छ ।वाणिज्य बैंकहरुले ब्याजदर घटाउने निर्णय गरिसकेको छ। पछिल्लो समय राष्ट्र बैंकका गर्भनरलाई ब्याजदर घटाउने दबाब छ । प्रचण्ड निवासमा बोलाएर अर्थमन्त्री र गर्भनरलाई ब्यादर घटाउन सुझाव दिएको थियो ।
विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोशियसनको बैठकले माघदेखि लागु हुने गरि ब्याजदर घटाउने निर्णय गरेको हो। एशोसियसनले व्यक्तिगत मुद्दति निक्षेपमा हालको ब्याजदर १२.८५ प्रतिशत रहेकोमा त्यसलाई १२ प्रतिशत कायम गरेको हो ।
एसोशियनका अध्यक्ष प्रध्युमन पोखरोले भने , ‘ व्यक्तिगत मुद्दति निक्षेपमा १२.८५ बाट १२ मा , संस्थागत तर्फ पुसमा १०.८५ कायम रहेकोमा व्यक्तिगत मुद्दति निक्षेपको तुलनामा दुई बिन्दु कम हुने गरी राष्ट्र बैंकको नियम अनुसार निर्धारण गरेका छौ।’
त्यस्तै फाइनान्स कम्पनीहरुले पनि ब्याजदर घटाउने तयारी गरेका छन्। नेपाल वित्तीय संस्था संघको भोली बिहान बस्ने बैठकले के कति घटाउने बारे अन्तिम निर्णय गर्नेछ ।
बुधबार नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंकर्स संघले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटाएर ११ प्रतिशत कायम गर्ने निर्णय गरेको थियो ।