मर्जर प्रकृयमा रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै लगानी कसको छ?
काठमाडौं । अजोड इन्स्योरन्ससँग मर्जर प्रकृया अघि बढाएको युनाइटेड इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै हिस्सा चौधरी गुप्रको रहेको छ।चौधरी गुप्र र सिजि फुड्र गरि चौधरी गुप्रको कुल २१।७५ प्रतिशत हिस्सा रहेको छ।
युनाइटेड इन्स्योरेन्स कम्पनीको संस्थापक समुह तर्फको ५१ प्रतिशतले शेयर स्वामित्व रहेको छ भने सर्व साधारण तर्फको ४९ प्रतिशतले शेयर स्वामित्व रहेको छ ।
जसमा संस्थापक समुह तर्फमा सबैभन्दा बढी नेपाली संगठित संस्थाहरुको ३७ दशमलव १ प्रतिशतले ३८ लाख ५ हजार ५ सय ३६ कित्ता शेयर स्वामित्व रहेको छ । त्यस्तै, नेपाली नागरिकहरुको १३ दशमलव ७७ प्रतिशतले हुन आउने १४ लाख १६ हजार ४७ कित्ता शेयर स्वामित्व रहेको छ । अन्तिममा संस्थापक समुहतर्फमा सवैभन्दा कम विदेशी नागरिक तथा संस्थाको ० दशमलव २१ प्रतिशतले २२ हजार ३२ कित्ता शेयर स्वामित्व रहेको छ ।
कम्पनीमा सर्वसाधारण समुह तर्फको शेयर स्वामित्व ४९ प्रतिशत ५० लाख ३७ हजार ९ सय ८५ कित्ता शेयर स्वामित्व रहेको छ । जुन संस्थापक शेयर समुहको भन्दा १ प्रतिशतले कम रहेको छ ।
एक प्रतिशत वा बढी शेयर स्वामित्व भएका शेयरधनीहरु
कम्पनीमा १ एक प्रतिशत वा बढी शेयर स्वामित्व भएका ९ वटा व्यक्ति तथा संस्था रहेका छन् । संस्थामा चौधरी ग्रुप प्रा.लि.को १५ दशमलव ९६ प्रतिशतले १६ करोड ४० लाख ६० हजार १ सय रुपैयाँले सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ । त्यस्तै, आइ. जे. गु्रप प्रा.लि.को १२ दशमलव १८ प्रतिशतले १२ करोड ५२ लाख ६४ हजार २ सय रुपैयाँको शेयर स्वामित्व रहेको छ ।
कम्पनीमा रवि भक्त श्रेष्ठको ९ दशमलव ८५ प्रतिशत शेयर स्वामित्व रहेको छ । जुन शेयरको मूल्य १० करोड १३ लाख ६ हजार ४ सय रुपैयाँ रहेको छ । त्यस्तै, सि.जि. फुड्स प्रा.लि.को ५ दशमलव ७९ प्रतिशत वरावरको ५ करोड ९५ लाख ८० हजार ४ सय रुपैयाँको शेयर स्वामित्व रहेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक (नेपाल औद्योगिक विकास निगम) को ५ प्रतिशतले ५ करोड १४ लाख ८ हजार रुपैयाँको शेयर स्वामित्व रहेको छ ।
कम्पनीमा शशि कान्त अग्रवालको २ दशमलव २८ प्रतिशतले २ करोड ३४ लाख ७६ हजार ३ सय रुपैयाँ रहेको छ । पंकज चन्द्र श्रेष्ठको १ दशमलव १८ प्रतिशतले १ करोड २१ लाख ९ हजार रुपैयाँले सबैभन्दा कम शेयर स्वामित्व रहेको छ ।