सिटिजन लाइफ इन्स्योरेन्सद्धारा व्यतित बीमालेखमा शतप्रतिशत छुट दिने म्याद थप, कहिलेसम्म पाइन्छ ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा शतप्रतिशत छुट दिने म्याद थप गरेको छ ।
कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी ‘जीवन बीमालेख सम्बन्धि निर्देशिका २०७८’ को दफा ११ बमोजिम सिटिजन लाइफबाट जारी भएका बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई दुई वर्ष अगाडी देखि व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्क (ब्याज) पूर्ण रुपमा छुटको अवधि माघ १० गतेसम्मका लागि थप गरिएको हो ।
विलम्ब शुल्क (ब्याज) छुट बीमालेखलाई निरन्तरता दिने प्रयोजनका लागि भएको र सो छुट बीमा अवधिभरी एक पटक मात्रै पाइने हुँदा यसरी म्याद थप गरिएको अवधिभित्र नवीकरण बीमाशुल्क भुक्तानी गरी आ–आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन सम्बन्धित बीमितिले नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।