बीमा प्राधिकरणमा राजेन्द्र महर्जन सहित पाँचजना उपनिर्देशकमा वढुवा
काठमाडौं । बीमा प्राधिकरणमा कार्यक्षमताको मूल्यांकनद्धारा पाँचजनाको वढुवा सिफारिस भएको छ ।बीमा प्राधिकरणबाट मिति २०७१/८/२३ मा प्रकाशित विज्ञापन नम्बर १२०७९/८० अनुसार देहायको सेवा, समूह, श्रेणी र पदको लागि कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको लागि दरखास्त पेस गरेका उम्मेदवारहरूको कार्यक्षमताको मूल्यांकनद्धारा पाँचजनाको वढुवा सिफारिस भएको हो ।
बीमा प्राधिकरणको उपनिर्देशक पदमा राजेन्द्र महर्जन, पूर्ण बहादुर थापा, विनोद कुमार पोखरेल, निर्मला मल्ल र प्रीति देव वढुवा भएका छन्। उप निर्देशकमा बढुवा भएका राजेन्द्र महर्जनको नाम पहिलो नम्वरमा छ । महर्जन बीमा विषयमा पिएचडी गर्दै गरेका क्षमतावान कर्मचारी हुन् । हाल सुर्खेतस्थित कर्णाली प्रदेश कार्यालयमा कार्यरत रहेका उनी अब बढुवापछि नयाँ जिम्मेवारी पाउनेछन् ।
पाँच जना उपनिर्देशकको लागि नौ जनाले दरखास्त दिएका थिए ।