स्याङ्जाको गल्याङ नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न

२५ पुष २०७९, सोमबार २०:१६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले स्याङ्जा नगरपालिका बीमा सम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।प्राधिकरणले स्याङ्जा नगरपालिकाको सिटि हल, गल्याङ बजारमा आयोजना भएको कार्यक्रममा उत्साहपूर्वक सहभागीता रहेको थियो । कार्यक्रम नेपाल बीमा प्रधिकरणका उप निर्देशक केशव प्रसाद दहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा गाउँपालिकाका नगर प्रमुख गुरु प्रसाद भटराई रहेका थिए भने विशेष अतिथिद्धय रुपमा सोही गाउँपालिकाका नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सीना र प्रमुख प्रशासकीय अधिकृत दामेदर शर्माको बिशेष उपस्थिती रहेको थियो ।

त्यस्तै, कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यको उपस्तिथी रहेको थियो ।कार्यक्रम उद्घोषण प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्मा , स्वागत मन्तव्य कम्प्युटर प्राविधिक कृष्णराज अधिकारी र कार्यक्रम प्रस्तुती प्राधिकरणका उपनिर्देशक केशव प्रसाद दाहालले गरेका थिए ।

कार्यक्रममा सो गाउँपालिकाभित्रका सबै वडाबासीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सो गाँउपालिकाका सबैले बीमाबारे जानरकारी दिएकोमा धन्यवाद दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*