आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२६ पुष २०७९, मंगलवार ०६:४८
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि भोलि गते बुक क्लोज गरेकोले आज कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । कर प्रयोजनका लागि कम्पनीले ५३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश दिने छ ।