आइएमई जनरल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने भोलि अन्तिम दिन

२५ पुष २०७९, सोमबार १५:४५

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि (पुस २६) गते अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि भोलि गते बुक क्लोज गरेकोले मंगलवार पुस २६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । कर प्रयोजनका लागि कम्पनीले ५३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश दिने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*