रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा एमडिआरटि २०२३ को लागि योग्य २० अभिकर्ताहरुलाई सम्मान

२५ पुष २०७९, सोमबार १५:३७

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा एमडिआरटि २०२३ को लागि योग्य २० अभिकर्ताहरुलाई सम्मान गरेको छ । काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा हालै आयोजना गरिएको कार्यक्रममा कम्पनीका सिनियर मेनेजमेन्ट, एमडिआरटि अभिकर्ताहरु, रिजनल मेनेजरका साथै ब्रान्च मेनेजरहरुको पनि सहभागिता रहेका थियो ।

कार्यक्रममा कम्पनीका सीइओ राकेश पोखरेलले, एमडिआरटि अभिकर्ताहरुले आफ्नो व्यवसायमा प्रदर्शन गरेको अठोट र अथक परिश्रमले गर्दा नै निरन्तर प्रतिष्ठित एमडिआरटि ग्लोबल कन्फेरेन्समा सहभागिता जनाउन सफल हुनुकासाथै कम्पनीको गरिमा पनि बढाएकोमा धन्यबाद व्यक्त गरेका थिए । उनले आगामी दिनमा कम्पनीले थप उत्कृष्ट प्रशिक्षण, आकर्षक स्किम लगायतका कार्यक्रम ल्याई हौसला प्रदान गर्ने र त्यस्ता कार्यक्रमले थप एमडिआरटि अभिकर्ताहरु कम्पनीले जन्माउनेमा विश्वास ब्यक्त गरे । साथै रिलायन्स लाइफ इन्स्योरेन्सले सबै पक्षमा उत्कृष्ट प्रदर्शन गरी निकट भबिष्यमा इन्स्योरेन्स क्षेत्रको ‘बेञ्च माकर्’ कम्पनी बन्नेमा प्रतिबद्धता ब्यक्त गरेका थिए ।

यसकासाथै,टिओटी सीओटी तथा एमडिआरटी नमिता न्यौपानेले भब्य सम्मान कार्यक्रमको लागि कृतज्ञता ब्यक्त गर्दै कम्पनीको निरन्तर सहयोग तथा मार्गदर्शन प्राप्त भएको र आगामी दिनमा थप हौसला प्राप्त हुनेमा विश्वास ब्यक्त गरे

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*