१२ घण्टादेखि डिसहोमको इन्टरनेटमा समस्या, ओएलडीमा समस्या, सर्भर डाउन

२५ पुष २०७९, सोमबार १२:५३

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी डिस होमको सर्भरमा समस्या आउँदा इन्टरनेट सेवा प्रभावित भएको छ । जसबाट लाखौं मानिसहरु प्रभावित भएका छन् । स्याटेलाइटमा आधारित टिभीको सेवा प्रदायक कम्पनी डिसहोमले गुणस्तरीय इन्टरनेट सेवा प्रवाह गर्दा नसक्दा वैकल्पिक मार्ग खोज्न बाध्य भएको ग्राहकहरुले गुनासो गरेका छन् ।

०२०…… भएका एक ग्राहकले डिसहोमको इन्टरनेट पटक पटक काटिने गरेकोले चाहिएको बेला अनलाईन सुविधा लिनै नसक्ने अवस्था आएको बताएका छन् । पछिल्लो समय हिजो अपरान्ह २ः४५ बजेदेखि डिसहोमको ओएलडीमा समस्या आएको थियो । सो समस्या समाधान आज विहान १० बजेसम्म गर्न नसकिएको भन्दै ग्राहकहरुलाई सन्देश पठाइरहेको गुनासो प्रयोगकर्ताहरुको छ ।

गुणस्तरीय र सस्तो इन्टरनेट सेवा दिने भन्दै बार्षिक ग्राहक बनाएकाहरु समस्या पर्न थालेपछि बैकल्पिक सेवा प्रदायक खोज्न बाध्य भएको गुनासो छ । धेरै कर्पोरेट सेक्टरमा समेत वितरण गरिएको डिसहोमको सेवा अबरुद्ध हुँदा समस्या पर्न थालेपछि विकल्प खोज्न थालेको एक प्रयोगकर्ताले बताए ।

डिएच फाइबर नेट नामबाट इन्टरनेट सेवा बिक्री गर्दै आएको डिसहोमको सेवा सातामा दुई तीन पटक अबरुद्ध हुने समस्या छ । गत शनिबार विहान ११ः५५ बजेदेखि डिसहोमको इन्टरनेट सेवामा समस्या आएको थियो । सो समयमा पनि सर्भरमा समस्या आई डाउन हुँदा देशैभरिको इन्टरनेट सेवा अबरुद्ध हुन पुगेको थियो ।

त्यस्तै गत डिसेम्वर २४ तारिख शुक्रबार अपरान्ह ३ः०६ बजेदेखि अबरुद्ध भएको इन्टरनेट आइतबार मात्रै खुलेको थियो । पटक पटक अबरुद्ध हुने समस्या आउन थालेपछि डिसहोमका अधिकांश उच्च पदस्थ कर्मचारीहरु मोबाइल अफ गरेर बस्न थालेका छन् । उता, डिसहोमका सिईओ सुदिप आचार्य भने यतिबेला देश बाहिर रहेका छन् ।

डिसहोमको इन्टरनेट सेवा गुणस्तरहिन भएको तथा डिसहोमले सार्वजनिक सेवा प्रदान गर्न आफ्नो कुनै पनि कार्यालय सञ्चालन नगरी एजेन्टमार्फत रकम उठाइरहँदा समेत नियामक निकाय नेपाल दुर सञ्चार प्राधिकरण मौन रहँदै आएको छ । नियामक निकायले पावर र पहुँचको भरमा डिसहोमलाई गुणस्तरहीन सेवा प्रवाह गर्दा समेत संरक्षण गर्दै आएको आरोप लगाउन थालेका छन् । डिसहोमका विरुद्धमा तीन महिना पहिले प्राधिकरणमा लिखित उजुरी नै परेको भएपनि खनालले कुनै कारवाही नगरेको पीडितको गुनासो छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*