प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

२५ पुष २०७९, सोमबार १०:१५

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २४ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ६.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*