नेपाल बैंकमा कोर बैंकिङ सफ्टवयरमा घोटालाको प्रयास, सिईओ र अध्यक्षको सेटिङमा विदेशी सफ्टवयर जडान प्रक्रिया अघि बढाइदै
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गर्न लागेको साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने र संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप बलियो बनाउने उल्लेख गरेका छन् । तर, सरकारको यस्तो निर्णय गर्भमै रहेका बेला सरकारी लगानीको नेपाल बैंकमा भने सरकारी मानिसहरुकै मिलेमतोमा कोर बैंकिङ सफ्टवयर जडानमा घोटालाको प्रयास गरिएको छ ।
बैंकले यही जनवरी २ तारिख अर्थात पुस १८ गते अन्तर्र्राष्ट्रिय टेण्डर आह्वान गरेको छ । उक्त सो टेण्डरमा उल्लेख गरिएको शर्तनामा अनुसार नेपाल बैंकले आह्वान गरेको वेभमा आधारित कोर बैंकिङ सफ्टवयर आपूर्ति गर्न नेपाली आईटी कम्पनीहरुले पाउने छैनन् । अर्थात विदेशी नै हुनुपर्दछ । नेपालमा नाम चलेका बैंकहरुमा वेभमा आधारित कोर बैंकिङ सिष्टम् आपूर्ति गर्दै आएका छन् । तर, नेपाल बैंकले नेपाली कम्पनीहरुलाई प्रतिस्पर्धा नै गर्न नदिएर विदेशी कम्पनी खोज्नुले उनीहरु सेटिङमा रहेको प्रष्ट हुन आएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र अध्यक्ष गंगा प्रसाद ज्ञवालीले सेटिङमा कोर बैंकिङ सफ्टवयर जडान गर्ने तयारी गरेका छन् । करिब १० करोड पर्ने वेभमा आधारित कोर बैंकिङ सिष्टम जडान गर्न नेपाली कम्पनीलाई प्रतिस्पर्धा गर्न नदिने विदेशी कम्पनीलाई योजनाबद्ध रुपमा तयारी अवस्थामा रहन लगाएर यस्तो सेटिङ गर्न लागेका हुन् ।
बैंकले यही पुस १७ गते प्रकाशित गरेको आशयपत्र माग सम्बन्धी सूचनामा स्वदेशी तथा विदेशी कम्पनीले प्रतिस्पर्धा गर्न पाउने उल्लेख छ । तर, सो आशयपत्रको पूरा विवरणको बुँदा नं ५ मा विदेशी िअनुवभी विज्ञ हुनुपर्ने उल्लेख छ । विदेशी अनुभवी विज्ञ राखिएको हुनैपर्ने भन्ने वाक्यांशले विदेशी भन्दा जान्ने नेपाली विज्ञहरुको अपमान मात्रै भएको छैन बैंकका उच्च पदस्थ सिईओ तथा अध्यक्षले सेटिङ गर्न समेत यही बुँदामा टेकेका छन् ।
त्यस्तै नेपाल बैंकले माग गरेको आवेदनमा भौगोलिक रुपमा समेत अनुभवी हुनुपर्ने शर्त अघि सारेको छ । सो व्यवस्था अनुसार नेपालमा वेभमा आधारित कोर बैंकिङ सिष्टम प्रदान गर्दै आएको एक विदेशी कम्पनीको सफ्टवयर भित्राउने तयारी भइरहेको स्पष्ट हुन आएको छ । प्रक्रियाको लागि देखावटी रुपमा मात्रै टेण्डर गरेको नेपाली आईटी कम्पनीहरुले नेपाल बैंकको कार्यको चर्को विरोध गर्दै आएका छन् । विदेशीको भर पर्नुपर्दा पासपोर्टमा नेपालीमा सास्ती भोग्नुपरेको सन्दर्भमा नेपाल बैंकको विदेशी मोहको पछाडि सिईओ अधिकारीको द्रब्य मोह रहेको चर्चा नेपाली आईटी क्षेत्रमा चल्न थालेका छ ।
बैंकले जम्मा ८ वटा क बर्गको बैंक सो मध्ये नेपालभित्र कम्तीमा एक वटा बैंकमा वेभ वेस कोर बैंकिङ सर्भर सञ्चालन गरेको हुनुपर्ने उल्लेख छ । सो शर्तमा विश्वभर ७ नै किन रोखियो भन्ने प्रश्न चिन्ह खडा गरेको छ । नेपालमा एक वटा बैंकिङ प्रणाली सञ्चालित हुनैपर्ने शर्त आशयपत्र पत्रको १३ नं बँुदामा उल्लेख छ ।
नेपाल बैंकको सो कार्यको आईटी सम्बद्ध कम्पनीहरुलाई गम्भिर भएर सोच्न बाध्य भएको बताएका छन् । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) का महासचिव चिरञ्जीवी अधिकारीले नेपाल बैंकले त्रुटीपूर्ण आशयपत्र माग गर्दै सूचना प्रकाशित गरेको दावी गरे । उनले हजारौं नेपालीहरु यतिबेला नेपालमै बसेर विश्वस्तरीय काम गर्न सक्षम भएको दावी गर्दै सयौं युवाहरुले आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी काम गरिरहेको र बैंकको सफ्टवयरका लागि देश आत्मनिर्भर भइसकेको बताए । उनले भने, ‘अमेरिकी कम्पनीहले नेपालमा बनाइएको सफ्टवयर प्रयोग गर्न हुने नेपाली बैंकले नहुने भन्ने कुरा हुँदैछ ।’ महासचिव अधिकारीले सरकारले नेपाली युवाहरुलाई आईटीमा लाग्न प्रेरित गरेर आईटीमा आधारित सेवाहरु निर्यात गर्नुपर्नेमा उल्टै विदेशी भनेर सेवा खोजिनु दुर्भाग्यपूर्ण अवस्था रहेको बताए । ‘नेपालमा रहेका विभिन्न आइटी बेस्ड कम्पनीको सेवा तथा कामलाई निर्यात गर्न सके विदेशी मुद्राको आर्जन गर्ने दरिलो क्षेत्रका रुपमा स्थापित गर्न सकिन्छ। यस्ता कम्पनीहरुलाई केही वर्षसम्म कर छुट दिने प्रावधान राखेर अझ बढी आकर्षित गर्दा विदेशी मुद्रा आर्जनको दिगो स्रोत बन्न सक्छ’अधिकारीले भने ।