सेवाग्राहीलाई दुःख दिने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा नेकपा डोटीद्धारा तालाबन्दी

२४ पुष २०७९, आईतवार १७:४९

काठमाडौं । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा कार्यरत कर्मचारीहरुले सेवाग्राहीहरुलाई दुःख दिएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीको डोटी जिल्ला समितिले तालाबन्दी गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी, जिल्ला समिति डोटीले आज एक बिज्ञप्ति जारी गर्दै डोटीस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, राजपुर डोटीमा तालावन्दी गरेको हो ।

कार्यालयका कर्मचारी महिनौसम्म कार्यलय नआएको, आम जनताका जनगुनासालाई वास्ता नगरेको, विभिन्न अनुदान तथा राहत वितरणमा चरम भ्रष्टाचार गरेको, कमिशन खाएर योजना वितरण गरेकोले तालावन्दी गरेको जनाएको छ ।

कार्यालयमा रहेका कर्मचारीले आम जनसमुदायलाई सूचनाको हकबाट बञ्चित गरेको र केहि जानकारी माग गरेमा उल्टै सेवाग्राहिलाई थर्काउने होच्याउने तथा कमिसन खाएर योजना बितरण गरेकोले गर्दा हामिले चेतावनी स्वरुप तालाबन्दी मात्र गरेको र अझ यो कुरालाई वेवास्ता गरेको खण्डमा कार्यालयमा कर्मचारीलाई नै प्रवेश निषेध गराइने केन्द्रिय सदस्य तथा अखिल क्रान्तिकारी डोटी ईन्चार्ज प्रकाश कठायतले बताए ।

बिज्ञप्ति

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*