जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन कुन प्रदेशबाट कति ? (तथ्यांक सहित )

राजन कठायत
२४ पुष २०७९, आईतवार १६:३७

काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिर महिनासम्म विभिन्न प्रदेशबाट बीमा शुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी बीमाशुल्क बाग्मती प्रदेशबाट संकलन गरेको छ ।कम्पनीहरुले मंसिर महिनासम्ममा बागमती प्रदेशबाट २७ अर्व ६८ करोड ७५ लाख ८७ हजार बीमा शुल्क संकलन गरेको छ ।

बाग्मती प्रदेश सबैभन्दा बढी जनसंख्या र व्यापारिक कारोबार भएको प्रदेश हो । जसका कारणले गर्दा बीमा कम्पनीहरुले यस प्रदेशबाट सबैभन्दा बढी बीमा शुल्क संकलन गर्न सफल भएका हुन ।

त्यस्तै, बीमा कम्पनीहरुले सबैभन्दा कम बीमा शुल्क कर्णाली प्रदेशबाट संकलन गरेको छ । कम्पनीहरुले कर्णाली प्रदेशबाट २ अर्व ४५ करोड ८४ लाख ४९ हजार रुपैैयाँ संकलन गरेको हो ।संघिय सरकार देखि टाढा रहेको कम जनसंख्या भएको बीमा सम्बन्धि जनचेतनाको अभावको कारणले गर्दा कम बीमा शुल्क संकलन भएको हो ।

यस्तो छ जीवन बीमा कम्पनीहरुको मंसिर महिनासम्मको विभिन्न प्रदेशबाट संकलन गरेको कुल बीमाशुल्कको प्रदेशगत विवरण

प्रदेश १
नेपालमा रहेका विभिन्न जीवन बीमा कम्पनीहरुले यस प्रदेशबाट कुल ६ अर्व ९३ करोड ४० लाख ५९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीहरुले सावधिक जीवन बीमा लेखबाट २ अर्व १७ करोड ६४ लाख ९७ हजार रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा लेखबाट २ अर्व २७ करोड १ लाख ८६ हजार रुपैयाँ, रुपान्तरित सावधिक जीवन बीमालेखबाट ८९ करोड २७ लाख ५९ हजार रुपैैयाँ, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमालेखबाट १ अर्व १२ करोड ३३ लाख ३८ हजार रुपैयाँ, आजिवन जीवन बीमालेखबाट २९ करोड २९ लाख ६ हजार रुपैयाँ, एकल बीमा शुल्क जीवन बीमालेखबाट ४ करोड ७३ लाख ५१ हजार रुपैयाँ, म्यादि जिवन बीमालेखबाट ७ करोड ७२ लाख ९ हजार रुपैयाँ, लघु जीवन बीमालेखबाट ८ करोड ३८ लाख १३ हजार रुपैयाँ बीमा शुल्क संकलन सफल भएका छन् ।

मधेस प्रदेश
जीवन बीमा कम्पनीहरुले विभिन्न बीमालेख अन्तर्गत यस प्रदेशबाट ५ अर्व २८ करोड २२ लाख ५९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीहरुले कम्पनीहरुले यस प्रदेशबाट कुल ६ अर्व ९३ करोड ४० लाख ५९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीहरुले सावधिक जीवन बीमा लेखबाट २ अर्व १७ करोड ६४ लाख ९७ हजार रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा लेखबाट २ अर्व २७ करोड १ लाख ८६ हजार रुपैयाँ, रुपान्तरित सावधिक जीवन बीमालेखबाट ८९ करोड २७ लाख ५९ हजार रुपैैयाँ, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमालेखबाट १ अर्व १२ करोड ३३ लाख ३८ हजार रुपैयाँ, आजिवन जीवन बीमालेखबाट २९ करोड २९ लाख ६ हजार रुपैयाँ, एकल बीमा शुल्क जीवन बीमालेखबाट ४ करोड ७३ लाख ५१ हजार रुपैयाँ, म्यादि जिवन बीमालेखबाट ७ करोड ७२ लाख ९ हजार रुपैयाँ, लघु जीवन बीमालेखबाट ८ करोड ३८ लाख १३ हजार रुपैयाँ बीमा शुल्क संकलन सफल भएका छन् ।

बाग्मती प्रदेश
जीवन बीमा कम्पनीहरुले यस प्रदेशबाट विभिन्न बीमा लेखहरुबाट सबैभन्दा बढी बीमा शुल्क संकलन गर्न सफल भएका छन् । यस प्रदेशबाट कुल २७ अर्व ६८ करोड ७५ लाख ८७ हजार बीमा शुल्क संकलन गरेको छ । कम्पनीहरुले सावधिक जीवन बीमा लेखबाट १३ अर्व ६१ करोड १२ लाख २ हजार रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा लेखबाट ४ अर्व ८८ करोड ७४ लाख ९३ हजार रुपैयाँ, रुपान्तरित सावधिक जीवन बीमालेखबाट ३ अर्व ८ करोड ७० लाख ३८ हजार रुपैैयाँ, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमालेखबाट ३ अर्व ६० करोड ९ लाख ९४ हजार रुपैयाँ, वैदेशिक रोजगार म्यादि जिवन बीमालेखबाट १ अर्व ४३ करोड ९४ लाख ४८ हजार, आजिवन जीवन बीमालेखबाट ४० करोड ८१ लाख रुपैयाँ, एकल बीमा शुल्क जीवन बीमालेखबाट ११ करोड ११ लाख ८ हजार रुपैयाँ, म्यादि जिवन बीमालेखबाट ३९ करोड ११ लाख १२ हजार रुपैयाँ, लघु जीवन बीमालेखबाट ६७ करोड १० लाख ९२ हजार रुपैयाँ बीमा शुल्क संकलन सफल भएका छन् ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशबाट जीवन बीमा कम्पनीहरुले कुल ५ अर्व ८५ करोड ९८ लाख ८० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीहरुले सावधिक जीवन बीमा लेखबाट २ अर्व २७ करोड २५ लाख २ हजार रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा लेखबाट १ अर्व ५९ करोड १ लाख ८६ हजार रुपैयाँ, रुपान्तरित सावधिक जीवन बीमालेखबाट ६७ करोड ६७ लाख २७ हजार रुपैैयाँ, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमालेखबाट ९२ करोड करोड ४४ लाख ७५ हजार रुपैयाँ, वैदेशिक रोजगार म्यादि बीमालेखबाट ४ हजार रुपैयाँ, आजिवन जीवन बीमालेखबाट २७ करोड ९४ लाख ७९ हजार रुपैयाँ, एकल बीमा शुल्क जीवन बीमालेखबाट ३ करोड ४ लाख ४१ हजार रुपैयाँ, म्यादि जिवन बीमालेखबाट १ करोड ५५ लाख २२ हजार रुपैयाँ, लघु जीवन बीमालेखबाट ६ करोड १८ लाख ७१ हजार रुपैयाँ बीमा शुल्क संकलन सफल भएका छन् ।

लुम्बिनी प्रदेश
जीवन बीमा कम्पनीहरुले मंसिर महिना सम्ममा लुम्बिनी प्रदेशबाट कुल ८ अर्व ३० करोड ११ लाख ६३ हजार रुपैयाँ संकलन भएको छ । कम्पनीहरुले सावधिक जीवन बीमा लेखबाट २ अर्व ७९ करोड ५२ लाख १७ हजार रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा लेखबाट २ अर्व ३२ करोड ३३ लाख २८ हजार रुपैयाँ, रुपान्तरित सावधिक जीवन बीमालेखबाट १ अर्व ४ करोड ३४ लाख ६९ हजार रुपैैयाँ, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमालेखबाट १ अर्व ५१ करोड ५३ लाख ३९ हजार रुपैयाँ, आजिवन जीवन बीमालेखबाट ४२ करोड ८३ लाख ८५ हजार रुपैयाँ, एकल बीमा शुल्क जीवन बीमालेखबाट ७ करोड २३ लाख ५४ हजार रुपैयाँ, म्यादि जिवन बीमालेखबाट ४ करोड २२ लाख ९१ हजार रुपैयाँ, लघु जीवन बीमालेखबाट ८ करोड ७ लाख ७९ हजार रुपैयाँ बीमा शुल्क संकलन सफल भएका छन् ।

कर्णाली प्रदेश
जीवन बीमा कम्पनीहरुले यस प्रदेशबाट सबैभन्दा कम बीमा शुल्क आर्जन गरेको छ । यस प्रदेशबाट कुल २ अर्व ४५ करोड ८४ लाख ४९ हजार रुपैैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीहरुले सावधिक जीवन बीमा लेखबाट ७७ करोड २१ लाख ८६ हजार रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा लेखबाट ७७ करोड ४६ लाख ९१ हजार रुपैयाँ, रुपान्तरित सावधिक जीवन बीमालेखबाट २१ करोड २८ लाख ७ हजार रुपैैयाँ, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमालेखबाट ५१ करोड करोड ३६ लाख ५९ हजार रुपैयाँ, आजिवन जीवन बीमालेखबाट १४ करोड २५ लाख ६ हजार रुपैयाँ, एकल बीमा शुल्क जीवन बीमालेखबाट २ करोड ४७ लाख ६३ हजार रुपैयाँ, म्यादि जिवन बीमालेखबाट ७० लाख ९७ हजार रुपैयाँ, लघु जीवन बीमालेखबाट १ करोड ७ लाख ३९ हजार रुपैयाँ बीमा शुल्क संकलन सफल भएका छन् ।

सुदुरपश्चिम प्रदेश
जिवन बीमा कम्पनीहरुले यस प्रदेशबाट विभिन्न बीमालेखहरुबाट कुल २ अर्व ९६ करोड २८ लाख ५४ हजार रुपैयाँ संकलन गरेको छ । कम्पनीहरुले सावधिक जीवन बीमा लेखबाट ९६ करोड २६ लाख ४८ हजार रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा लेखबाट ८४ करोड ४८ लाख ७ हजार रुपैयाँ, रुपान्तरित सावधिक जीवन बीमालेखबाट २३ करोड ५४ लाख ४४ हजार रुपैैयाँ, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमालेखबाट ७२ करोड २९ लाख २१ हजार रुपैयाँ, आजिवन जीवन बीमालेखबाट १० करोड ५ लाख ६८ हजार रुपैयाँ, एकल बीमा शुल्क जीवन बीमालेखबाट ५ करोड ४० लाख १७ हजार रुपैयाँ, म्यादि जिवन बीमालेखबाट ९२ लाख १८ हजार रुपैयाँ, लघु जीवन बीमालेखबाट ३ करोड ३५ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क संकलन सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*