सर्भेयरका कामको अनुगमन गर्दै बीमा प्राधिकरण, १५ दिनभित्र सर्भेयरहरुको विवरण बुझाउन सबै बीमा कम्पनीलाई निर्देशन

२३ पुष २०७९, शनिबार २१:२८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरहरुको काम कारवाहीको प्रभावकारी अनुगमन प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले गत पुस १४ गते सबै बीमा कम्पनीहरुलाई लिखित निर्देशन जारी गर्दै १५ दिनभित्रमा काममा खटाइएका सर्भेयरहरुको विवरण बुझाउन निर्देशन दिइएको छ ।

प्राधिकरणले बीमा कम्पनीहरुलाई सर्भेयरको नाम, ठेगाना, इजाजत पत्र नं, जम्मा सर्भे कार्यको लागि खटाइएको संख्या, सर्भेयरबाट प्रतिवेदन पेश भएको संख्या, सर्भे प्रतिवेदन पेश हुन बाँकी भएको, बीमकबाट दावी भुक्तानी भएको संख्या र भुक्तानी हुन बाँकी रकमको विवरण बीमा कम्पनीहरुसँग माग गरेकोे हो ।

बीमा प्राधिकरणले सर्भेयरहरुले प्रभावकारी काम नगर्ने गरेको, सर्भेयर प्रतिवेदन बुझाउन ढिलाई गर्ने गरेको, बीमितलाई अनावश्यक दुःख दिने गरेको भन्ने गुनासोको आधारमा प्राधिकरणले सर्भेयरहरुको काम अनुगमन गर्न सुरु गरेको हो । बीमा प्राधिकरणले सबै कम्पनीहरुबाट प्राप्त प्रतिवेदनका आधारमा नयाँ योजना बनाउन सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*