प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक सभा आज, मर्जर र लाभांश प्रस्ताव मुख्य एजेण्डा

२४ पुष २०७९, आईतवार ०५:०६

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज बस्दैछ । कम्पनीले मर्जर र लाभांश प्रस्ताव पारित गर्ने प्रमुख प्रस्ताव सहित सो सभा आज अग्रवाल भवन, कमलपोखरीमा सभा बस्दैछ । सो सभा दिउँसो २ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश भएको एमओयूको मस्यौदा स्वीकृत गर्ने, डिडिए प्रयोजनार्थ लेखापरीक्षक, मूल्याङ्कनकर्ता नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, विद्यमा संस्थापक र सर्वसाधारण समूहको शेयर लगानी अनुपात ५१ः४९ कायम गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस ८ गने बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इन्स्योरेन्सका शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*