बिजय शाहले दायर गरेको मुद्दामा प्रमाण बुझ्ने आदेश
काठमाडौं । हिमालयन एभरेष्ट जनरल इन्स्योरेन्स कम्पनीका सिईओ बिजय बहादुर शाहले उच्च अदालत पाटनमा दायर गरेको एक मुद्दामा इजलाशले सक्कल फाइल झिकाएर प्रमाण बुझ्ने आदेश जारी गरेको छ ।
यसअघि एक निर्जीवन बीमा कम्पनीमा सिईओ हुँदा शाहले सेवा सुविधा नपाएको भन्दै आफैले काम गरेको कम्पनीका विरुद्धमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका थिए । तत्कालिन बीमा समितिमा पेश गरेको निवेदन समेतबाट विवाद किनारा लाग्न नसकेपछि उनी उच्च अदालतमा मुद्दा लिएर गएका थिए ।
कम्पनी छोडेको करिब चार वर्षपछि अर्थात २०७८ साल साउन २२ गते उनले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका थिए । सो मुद्दामा यही पुस २१ गते बिहिवार उच्च अदालत पाटनको न्यायाधिशद्धय ऋषिराम दवाडी र धीर बहादुर चन्दले प्रमाण बुझ्ने आदेश दिएको हो । अब उनले गरेका करारहरु र सो सम्बन्धमा भए गरेका काम कारवाहीको सम्बन्धमा प्रमाण बुझ्ने प्रक्रिया हुनेछ ।