नेपाल इन्स्योरेन्सको ७४औं साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

२२ पुष २०७९, शुक्रबार १२:२५

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीको ७४औं सभा आज कम्पनीका अध्यक्ष अर्जुन पौडेल शर्माको प्रमुख अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले गत आव २०७८।७९ को कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश गरी कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सभाले हाल कायम रहेको चुक्तापुँजी एक अर्ब ३७ करोड ८९ लाख रुपैयाँ रहेकोमा बोनस शेयर जारी गरेपश्चात कम्पनीको कायम हुने चुक्तापुँजी एक अर्ब ४८ करोड ९३ लाख रुपैयाँ कायम गर्ने तथा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

यसका साथै अन्य निर्जिबन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धित विषयमा निर्णय गर्न संचालक समितिलाई दिइर्एको सम्पूर्ण अधिकारलाई निरन्तरता प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।
यसका अलावा गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरण प्रयोजनार्थ पुष ८ गते एक दिन बुकक्लोज गरेको थियो । यसर्थ पुष ७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*