लाभांश प्रस्तावसहित नेको इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले माघ १५ गते बस्नेगरी सभा डाकेको हो । सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे हुनेछ ।
सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश पारित गर्नेछ ।
साथै कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी बृद्धि गर्ने, शेयर संरचना अनुसार संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक चयन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ माघ २ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।