अपि पावर कम्पनीले लाभांश घोषणा, बोनस र नगद कति ?
२१ पुष २०७९, बिहीबार १९:१५

काठमाडौं । अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ७।५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०।३९४७प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि बितरण गर्ने कम्पनीले जनाएको छ ।