जीवन बीमा भविष्यको बचत र आपतको साथी हो, जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पुयाउन जरुरी छ: महजोडी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।
पुष २१ गते बेनी बजार स्थीत जिल्ला समन्वय कार्यालयको सभाहलमा राष्ट्रिय व्यक्तित्व तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ब्राण्ड एम्बेसेडरद्धय मदन कृष्ण श्रेष्ठ , हरिवंश आचार्य , म्याग्दी जिल्लाका जनप्रतीनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, त्यहाँका बैंक तथा वित्तिय संस्थाका कर्मचारी, विभिन्न समूह, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी, अभिकर्ताहरु लगायत स्थानीय जनसमुदायको उल्लेख्य उपस्थितीमा भव्य कार्यक्रम सम्पन्न गरेको छ ।
म्याग्दी जिल्लाको बेनी बजारमा करीब ३०० जनाको सहभागितामा बीमा सचेतना सम्बन्धी बृहत याली प्रदर्शन गर्दै कार्यक्रमको सुरुवात भएको थियो ।कार्यक्रममा महजोडीले जीवन बीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकोमा जोड दिए । ‘‘मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महंगो छ, कम्तीमा आफुले सक्ने क्षमताको वीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविष्यमा बचतको रुपमा फिर्ता पाईन्छ’’–श्रेष्ठले भने ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणाको विकास भएको बताउँदै वीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । उनले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले विमितहरुमा नविन, नयाँ र आकर्षक सुविधा सहित आएको बताएका छन् ।
कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत, जिल्ला समन्वय समितिका उप–प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदी लगायतले मन्तव्य राखेका थिए ।