बीमाको दायरा ४३ प्रतिशतमा पुग्यो, जीवन र निर्जिवन दुबैको व्यवसाय बढ्यो (तथ्याङ्कसहित)
काठमाडौं । एक वर्षमा बीमाको दायरा बृद्धि भएको छ । अघिल्लो वर्ष २०७८ मंसिरसम्ममा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ३०.७२ प्रतिशत रहेकोमा एक वर्षमा बढेर यस वर्षको मंसिर महिनामा ४३.८९ प्रतिशत पुगेको छ ।
त्यस्तै, २०७८ मंसिर महिनामा बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ७३ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ रहेकोमा एक वर्षमा २.६४ प्रतिशतले बढेर यस अवधिसम्म ७५ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
जसमा जीवन बीमा कम्पनीहरुले मात्रै २०७९ को मंसिर महिनामा ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ संकलन गरेको छ भने निर्जिवन बीमा कम्पनीहरुले १५ अर्ब ९७ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
अघिल्लो वर्ष २०७८ को मंसिर महिनामा जीवन बीमा कम्पनीहरुले ५८ अर्ब १२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए भने निर्जिवन बीमा कम्पनीहरुले १५ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।
साथै २०७९ को मंसिर महिनासम्म जीवन बीमा कम्पनीहरुको कुल बीमालेखको संख्या ४५.४० प्रतिशतले बढेर १ करोड ३९ लाख ८६ हजार ५०५ पुगेको छ भने निर्जिवन बीमा कम्पनीहरुको कुल बीमालेखको संख्या ४५.४० प्रतिशतले बढेर ११ लाख ४७ हजार २४६ पुगेको छ ।
अघिल्लो वर्ष २०७८ को मंसिर महिनासम्म जीवन बीमा कम्पनीहरुको कुल बीमालेखको संख्या ९६ लाख १९ हजार ४४७ रहेको थियो भने निर्जिवन बीमा कम्पनीहरुको कुल बीमालेखको संख्या १२ लाख ४८ हजार १९२ रहेको थियो ।