रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा लाभांश नबाड्ने घोषणा
२१ पुष २०७९, बिहीबार १०:३१
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले अघिल्लो आव २०७७।७८ को मुनाफाबाट कुनै पनि लाभांश नबाड्ने घोषणा गरेको हो ।
कम्पनीको पुष २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ का लागि शेयरधनीहरुलाई कुनै पनि लाभांश तिवरण नगर्ने निर्णय गरेको हो ।