प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२१ पुष २०७९, बिहीबार १०:१२
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि (पुष २२) गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुष २९ गते सिसारा रिसेप्सन भगवती वहाल नक्साल, काठमाडौंमा ११औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।