७ लघु बीमा कम्पनीहरुको दर्ता प्रक्रिया सकियो, कहिलेदेखि आँउला संचालनमा ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स लिएर ७ वटै लघु बीमा कम्पनीहरुको दर्ता प्रक्रिया सकिएको छ। सातै कम्पनीहरुले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता प्रक्रिया पूरा गरेका हुन् ।
यससँगै जीवन बीमातर्फ ३ वटा र निर्जीवन बीमा तर्फ ४ वटा गरी जम्मा सात वटा लघु बीमा कम्पनीहरु संचालनमा आउने छन् ।
नेपाल बीमा प्राधिकरणबाट आवेदन माग गरिएको चार महिना पछि उक्त सात लघु बीमा कम्पनीहरुले आफ्नो दर्ता प्रकृया अघि बढाएका हुन् ।उक्त लघु बीमा कम्पनीहरुले आगामी ६ महिना भित्र आफ्नो कार्य संचालनमा ल्याइसक्नु पर्ने प्रावधान छ । अन्य बीमा कम्पनीहरुको चुक्ता पूँजी बढी भए पनि हाल लघु बीमा कम्पनीहरु भने जम्मा ७५ करोड रुपियाँमा खोल्न सकिने व्यवस्था छ ।
लघुबीमाको लाइसेन्सका लागि जीवन बीमातर्फ गार्डियन माइक्रोलाइफ, क्रेष्ट माइक्रोलाइफ र लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स छनोटमा परेका थिए भने निर्जीवन कम्पनीतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स छनोटमा परेका थिए।
१५ जीवन लघुबीमामध्ये ३ वटा छनौट भएकाथिए । जसमध्ये गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स र लिवर्टी माइक्रो लाईफ इन्स्योरेन्सले जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्न छनोट भएका थिए ।
जसमध्ये गार्डियन माइक्रोको मुख्य कार्यालय मोरङको विराटनगर ९प्रदेश १०, क्रेष्टको सुर्खेत वीरेन्द्रनगर ९कर्णाली प्रदेश० र लिवर्टीको पोखरा ८ कास्की ९गण्डकी प्रदेश० मा रहेको छ।
त्यसैगरी निर्जीवन लघुबीमा सञ्चालनको लागि १६ वटा कम्पनीले आवेदन दिएका थिए । जसमध्ये प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स गरी कूल ४ वटालाई छनोट भएका थिए ।