चीनमा सम्पन्न इसीआई अवार्ड्स २०२२ मा आउटरिचले जित्यो २ वटा कास्य पुरस्कार
काठमाडौं । चीनमा सम्पन्न भएको इसीआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले प्रोडक्ट एण्ड मोडल इन्नोभेशन र मार्केटिङ इन्नोभेशन गरी २ विधामा काँस्य पुरस्कार जित्न सफल भएको छ ।
ग्लोबल इआइसी अवार्ड २०२२ को विजेताहरुको घोषणा ३० डिसेम्बर, २०२२ मा गरिएको थियो । अवार्ड अन्तर्गतका तीन विधाहरु प्रोडक्ट एण्ड मोडल इन्नोभेशन, मेटाभर्स एप्लिकेशन इन्नोभेशन र मार्केटिङ इन्नोभेशन तर्फ स्वर्ण, रजत र काँस्य अवार्ड विजेता देशहरुमा हङकङ, स्वीट्जरल्याण्ड।इटाली, क्यानडा, नेपाल, अमेरिका, बेलायत।साउदी अरेबिया, ब्राजिल, थाइल्याण्ड, ताइपेइ सिटि र अस्ट्रियालगायतका देशहरु रहेका छन् ।
समारोहमा इआइसी अवार्ड्सका प्रेसिडेन्ट Lijun Jia (Dr. Owen) ले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताए ।
ECI Awards (International Entrepreneurs, Creatives & Innovators Association) द्वारा स्थापना गरिएको हो । यो अवार्ड नव प्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो ।