एनआइसी एशिया बैंक सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक, नबिललाई उछिन्दै अगाडि बढ्दै

१९ पुष २०७९, मंगलवार १६:२०

काठमाडौं । एनआइसी एशिया बैंक नेपाली सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ । नबिल बैंकलाई उछिन्दै एनआइसी सबैभन्दा धेरै सेयर मूल्य हुने बैंक बनेको हो ।नबिलले गत वर्षको नाफाबाट घोषणा गरेको १८.५ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएपछि सेयर मूल्यका आधारमा एनआइसीभन्दा पछि परेको हो ।

नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ७३६ रुपैयाँ रहेको छ भने एनआइसीको ७६७ रुपैयाँ रहेको छ ।पछिल्लो एक सातायता एनआइसीको सेयर मूल्य ह्वात्तै बढेको छ । एक हप्ताको अवधिमा एनआइसीको सेयर मूल्य प्रतिकित्ता हिजोको तुलनमा २ रुपैयाँ ९० पैसाले बढेर ७६७ मा पुगेको छ ।वर्षेनी बम्पर लाभांश दिँदै आएको नबिल बैंकको सेयर संख्या बढेसँगै पछिल्ला वर्षहरुमा सेयर मूल्य बढ्न सकेको छैन । एनआइसी एशियाले भने विगत २ वर्षदेखि सेयरधनीलाई कुनै लाभांश दिएको छैन ।

हाल नेप्सेमा नबिलको २७ करोड ५ लाख कित्ता सेयर सूचीकृत छ भने एनआइसीको ११ करोड ५६ लाख कित्ता मात्र सूचीकृत छ ।कर्जा, निक्षेप, खुद नाफा लगायत अधिकांश सूचकमा एनआइसी र नबिलको टक्कर रहँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*