हिमालयन डिष्टिलरीसहित पाँच कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?

१९ पुष २०७९, मंगलवार १६:११

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पाँच कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले हिमालयन डिष्टिलरी, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त र मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन गरेको हो ।

यी पाँचवटै कम्पनीले बोनस शेयर वितरणका लागि बुक्लोज गरेसँगै नेप्सेले सबैको मूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम हिमालयन डिष्टिलरीको ४०३० रुपैयाँका आधारमा नेप्सेले ६० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य २५१८ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकको ४७६ रुपैयाँका आधारमा नेप्सेले १३.५० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ४१९ रुपैयाँ ३८ पैसा कायम गरेको छ ।

साथै साधना लघुवित्तको १०७६ रुपैयाँका आधारमा १९ प्रतिशत बोनस शेयर वितरणपछि, मिर्मिरे लघुवित्तको १०१० रुपैयाँ ३० पैसाका आधारमा २३ प्रतिशत बोनस शे्यर वितरणपछि र गुराँस लघुवित्तको ८३२ रुपैयाँ २० पैसाका आधारमा ४ प्रतिशत बोनस शेयर वितरणपछि नेप्सेले क्रमशः ९०४ रुपैयाँ २० पैसा, ८२१ रुपैयाँ ३८ पैसा र ८०० रुपैयाँ १९ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*