नागरिक लगानी कोष र सञ्चय कोषको साउनको रकम मंसिरमा थप गर्दा राष्ट्रिय बीमा संस्थानको कुल बीमाशुल्क आर्जन १०१९ प्रतिशतले बढ्यो

१९ पुष २०७९, मंगलवार ११:१२

काठमाडौं । मंसिर महिनामा सररकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको कुल बीमाशुल्क आर्जन १०१९।२७ प्रतिशतले बढेको छ । नागरिक लगानी कोष र सञ्चय कोषका कर्मचारीहरुको साउनको रकम मंसिरमा थप गर्दा संस्थानको कुल बीमाशुल्क आर्जन १०१९।२७ प्रतिशतले बढेको हो ।

मंसिर महिनामा संस्थानले ४ अर्ब ८ करोड बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो महिनामा संस्थानले जम्मा ३६ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । कोषको रकम थप गर्दा संस्थानको बीमशुल्क आर्जनमा वृद्धि यती धेरै फरक देखिएको हो ।

बीमा प्राधिकरणको सिस्टममा सबै अपडेट राख्नुपर्ने भएको कारण पनि संस्थानले साउनको उक्त रकम मंसिरमा नै राखेको संस्थानका प्रशासक कवि पाठक बताँउछन् । उनले अन्डराईटिङ ढिलो हुँदा असारमा आफूहरुले जोड्न बाँकी रहेको बीमाशुल्क मंसिरमा जोड्नुपर्ने बाध्यता आएको कारण बीमाशुल्क बढी देख्न भएको बताए ।

उनले भने, ‘हामीले नागरिक लगानी कोषबाट व्यवसाय पाएको हो । कोषबाट म संस्थान प्रवेश गरेदेखि नै व्यवसाय आइरहेको छ । तर यस पटक मंसिरमा हाम्रो व्यवसाय बढ्नुको पछाडी कारण अर्कै छ । हामीले गएको साउनमा जोड्नुपर्ने बीमाशुल्क अन्डराईटिङ हुन नसक्दा सिस्टममा बस्न सकेको थिएन । मंसिरमा जोडिएर संस्थानको बीमाशुल्क बढी देखिएको उनले बताए ।

प्राधिकरणका अध्यक्ष सिलवालले भने, ‘सरकारी स्वामित्वमा रहेको संस्थानले सञ्चय कोष र नागरिक लगानी कोषमा आवद्ध सरकारी कर्मचारीहरुबाट संकलन भएको बीमाशुल्कको वृद्धि भएको उनले बताए ।उनले पुरानो रकम जोड्न बाँकि रहेको कारण यस्तो समस्या देखिएको भन्दै सकरात्मक धारणा नै व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*