मंसिर महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन सवा २ अर्बमाथि, संस्थानसँगै मेट र प्रभु लाइफको देखियो प्रगति

१९ पुष २०७९, मंगलवार ११:२१

काठमाडौं । मंसिर महिनामा जीवन बीमा कम्पनीहरुले २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १९ जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन एक महिनाको अन्तरालमा ६.५३ प्रतिशतले बढेको हो । अघिल्लो महिना अर्थात् कात्तिक महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन २ अर्ब २ करोड १७ लाख रुपैयाँ रहेको थियो ।

कात्तिक महिनाको तुलनामा मंसिर महिनामा प्रथम बीमाशुल्क आर्जन बढाउने कम्पनीमा ११ वटा जीवन बीमा कम्पनी रहेका छन् भने बाँकी ८ कम्पनीको भने घट्न पुगेको छ । सबैभन्दा एक महिनामा प्रथम बीमाशुल्क आर्जनमा प्रगति गर्ने कम्पनीमा राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थाले कात्तिक महिनाको दाँजोमा मंसिर महिनामा फर्स्ट प्रिमियम कलेक्शनमा २५४.२२ प्रतिशत प्रगति गरेको छ ।

त्यस्तै, मेट लाइफले पनि एक महिनामा १०९.९९ प्रतिशत प्रगति गरेको छ । साथै बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै प्रभु लाइफले पनि मंसिर महिनामा ५५.६२ प्रतिशतले प्रथम बीमाशुल्क आर्जन बढाएको छ । साथै आइएमई लाइफले पनि सो अवधिमा २६.९८ प्रतिशत प्रथम बीमाशुल्क आर्जन बढाएको छ । यसका साथै युनियन लाइफको २४.३९ प्रतिशत, एशियन लाइफको २२.०९ प्रतिशत, रिलायन्स लाइफको १३.५६ प्रतिशत, सिटिजन लाइफको ८.९४ प्रतिशत, नेशनल लाइफको ३.८२ प्रतिशत, एलआइसी नेपालको २.६५ प्रतिशत र ज्योति लाइफको १.०६ प्रतिशतले बढेको छ ।

त्यस्तै, अन्य ८ कम्पनीको प्रथम बीमाशुल्क आर्जन भने घटेको छ । जसमा सबैभन्दा बढी घट्नेमा सूर्या लाइफ रहेको छ । कम्पनीको मंसिर महिनामा ४६.१५ प्रतिशतले फर्स्ट प्रिमियम कलेक्शन घटेको छ ।

यसका साथै सानिमा लाइफको २१.८५ प्रतिशत, सन नेपाल लाइफको २०.५० प्रतिशत, नेपाल लाइफको १०.३१ प्रतिशत, महालक्ष्मी लाइफको ८.९१ प्रतिशत, गुराँस लाइफको १.४४ प्रतिशत, रिलायबल नेपाल लाइफको १.१२ प्रतिशत र प्राइम लाइफको ०.६५ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*