बीमा प्राधिकरणले अनलाईन भुक्तानीलाई प्रोत्साहन गर्न विद्युतीय भुक्तानी सेवा प्रदायक थप गर्दै

१८ पुष २०७९, सोमबार १७:३०

काठमाडौं । नपाल बीमा प्राधिकरणले अनलाईन भुक्तानीलाई प्रोत्साहन गर्न विद्युतीय भुक्तानी सेवा प्रदायक थप गर्ने भएको छ। प्राधिकरणले बीमितहरुलाई ध्यानमा राख्दै विद्युतीय भुक्तानी सेवा प्रदायक संस्था थप गर्न लागेको जनाएको छ।

हाल बीमितहरुल एनसिएचएलको कनेक्ट आइपिएस र  ईसेवा मार्फत मात्रै भुक्तानी गर्दै आएको छ । कम्पनीले अनलाईन भुक्तानीलाई थप बढावा दिन यस्तो सूचना जारी गरेको हो ।प्राधिकरणले आफ्ना सेवालाई प्रविधिमैधी बनाउँदै लैजानेक्रममा प्राधिकरणलाई बुझाउनु पर्ने शुल्कहरुलाई अनलाइन मार्फत गर्नका लागि इच्छुक विद्युतीय भुक्तानी सेवा प्रदायकहरुलाई पेमेन्ट गेटवे सेवा प्रदान गर्नका लागि आग्रह गरेको छ।

विद्युतीय भुक्तानी सेवा प्रदायकहरू कम्पनीहरु व्यवसाय विस्तारको क्रममा बीमा सेवा तर्फ आकर्षित हुन थालेका छन् । प्राधिकरणले पेमेन्ट गेटवे सेवा प्रदान गर्न तपशील बमोजिमको कागजातहरु सहित सूचना प्रकाशित मितिले तीन दिनभित्र प्राधिकरणको केन्द्रिय कार्यालयमा पेश गर्न आग्रह गरेको छ।

प्राधिकरणले संस्थाको दर्ता तथा नवीकरण भएको प्रमाणपत्र, संस्थाको करचुक्ता प्रमाणपत्र, संस्थाको दररेट सहितको प्रस्ताव, अन्य उपलब्ध कागजातहरु, अन्य निकायहरुमा आवद्ध भएको विवरण सहित समितिमा आवेदन दिन आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*