छोराको अन्नप्रासनमा राजेश दरैले दिए रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

१८ पुष २०७९, सोमबार ११:२८

काठमाडौं ।पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, विबाह, पास्नी तथा विवाह उत्सव जस्ता अवसरहरुमा जीवन बीमा पोलिसी उपहारस्वरुप दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ ।

यसैबीच नवलपुरको गैडाकोट निवासी राजेश दरै तथा उनकी श्रीमति रोशनी दरैले आफ्नो छोरा प्रयास दरैको अन्नप्रासनको अवसरमा छोराको नाममा जीवन बीमा पोलिसी उपहार दिएका छन् । भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएकोले उनीहरुले छोरालाई अन्य भौतिक वस्तु भन्दा जीवन बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।

दरै र उनकी श्रीमतिले रिलायबल नेपाल लाइफको ‘रिलायबल सुलभ बाल जीवन प्सल पोलिसी’ खरिद गरिदिएका हुन् । सो बीमा पोलिसी हाकिमचोक शाखा प्रमुख राज कुमार दहालले हस्तान्तरण गरेका हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*