पाँच कम्पनीको शेयरमूल्य समायोजन, कुन कम्पनीको कतिमा कारोबार खुल्दै ?

१७ पुष २०७९, आईतवार १६:५९

काठमाडौं । नेप्सेमा आज पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले सिद्धार्थ इन्स्योरेन्स,नबिल बैंक,महालक्ष्मी विकास बैंक,हिमालयन बैंक र बुटवल पावर कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

सिद्धार्थ इन्स्योरेन्सको नेप्सेले ९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू। ५९१ दशमलव ६५ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू।६४४ दशमलव ९० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
त्यसैगरी नेप्सेले नबिल बैंकको १८ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू। ७२१ दशमलव १० तोकेको छ ।

कम्पनीको अन्तिम मूल्य रू। ८५४ दशमलव ५० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।नेप्सेले महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू। ३३३ दशमलव ६५ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू। ३४७ को आधारमा शेयर मूल्य समायोजन गरेको हो । त्यस्तै हिमालयन बैंकको नेप्सेले ८ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू। ३३८ दशमलव ०६ ताकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू। ३६५ दशमलव १० को आधारमा मूल्य समायोजन गरेको हो ।

बुटवल पावर कम्पनीको नेप्सेले ५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू।३२२ दशमलव ३८ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू। ३३८ दशमलव ५० को आधारमा शेयर मूल्य समायोजन गरेको हो । यी कम्पनीहरुले लाभांश तथा साधारण सभा प्रयोजनको लागि आइतवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*