जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ५९ अर्ब माथि, कुनले कति कमाए ?
१७ पुष २०७९, आईतवार १६:१७
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा ५९ अर्ब माथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा ५९ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।यस त्रैमाससम्ममा सबैभन्दा धेरै नेपाल लाइफले बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
कम्पनीले यस त्रैमाससम्ममा १५ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ७ अर्ब २ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।