नेपाल लाइफले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने, कहिलेसम्म पाईन्छ छुट ?
१७ पुष २०७९, आईतवार १४:१३
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्क ९ब्याज० मा ३५ प्रतिशत छुट दिने भएको हो ।
जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ को अनुसार कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा छुट दिने जनाएको छ ।
कम्पनीले व्यतित भएका बीमालेखहरुमा पुस १७ गतेदेखि माघ २९ गते भित्र नविकरण शुल्क भुक्तानी गरी सूचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्क ९ब्याज० छुट दिने कम्पनीले जनाएको छ ।