एलआईसी नेपालद्धारा ८८.४५ प्रतिशत हकप्रद निष्कान प्रक्रिया अघि बढाउने निर्णय, माघ ३ गते विशेष साधारणसभा आह्वान
काठमाडौं । नेपालकै सर्वाधिक ठूलो र लोकप्रिय मध्येको एलआईसी नेपालले ८८.४५१६८ प्रतिशत हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीले चुक्ता पुँजि बृद्धि गरी पाँच अर्ब पुर्याउने प्रयोजनको लागि हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीले गत भदौंदेखि अघि बढाएको हकप्रद निष्काशन प्रक्रियालाई पूरा गर्न आगामी माघ ३ गते विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको यही पुस ८ गते बसेको सञ्चालक समितिको निर्णय बमोजिम विशेषसाधारणसभाको मिति तोकिएको हो ।
कम्पनीको विशेषसाधारणसभा काठमाडौंको लिसारा रिसेप्सन नक्सालमा विहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले उक्त विशेष साधारणसभामा विशेष प्रस्तावको रुपमा हाल कायम रहेको चुक्ता पुँजि दुई अर्ब ६५ करोड ३२ लाखको ८८.४५१६८ प्रशितशतले हुन आउने दुई अर्ब ३४ करोड ६८ लाख रुपैयाँको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजि पाँच अर्ब पुरा हुनेछ ।