बुटवल उपमहानगरपालिकामा महिला सशक्तिकरण महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुटवल उपमहानगरपालिकामा ‘महिला सशक्तिकरणमा(महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । लाईफका मार्केटिङ मेनेजर यम लाल न्यौपानेद्वारा उद्घाटन भएको सो कार्यक्रम ‘महिलालाई रोजगारी र समृद्धिको मुल’ नाराका साथ सम्पन्न भएको हो ।
समारोहमा बोल्दै न्यौपानेले पिछडिएका र अवसर नपाएका महिलाहरुलाई रोजगारी प्रदान गर्दै आर्थिक रुपबाट सबल बनाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको बताए ।
यस्तै, कम्पनीका एजेन्सी मेनेजर आर्यन खानले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मुलुकको आर्थिक रुपान्तरणको लागि यो कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे साथै हाम्रा समाज राजनैतिक चेतना र सुविधाको हिसावले विकसित भैसकेको भएता पनि महिलाको आर्थिक उन्नतीको लागि महालक्ष्मी लाईफको यो कार्यक्रम निकै नै प्रभावकारी हुने विश्वास व्यक्त गरे। कार्यक्रममा एजेन्सी मेनेजर कुसुम भण्डारीले रोजगारी र आय बृद्धिको लागि अब महिला स्वयं जागरुक हुनुपर्ने र वास्तवमा महिला सशक्तिकरण भनेकै महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनु हो भन्ने कुरामा प्रकास पारिन ।
लक्ष्मी रायमाझीको अध्यक्षता तथा यम लाल न्यौपानेको प्रमुख अतिथ्यता तथा कम्पनीका शाखा प्रमुख गणेश भुसालले सञ्चालन गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु समेत ५० जनाको उपस्थिति रहेको थियो ।