श्रीमतीद्धारा श्रीमानलाई जन्मोत्सवमा बीमा पोलिसी उपहार

१६ पुष २०७९, शनिबार २०:५५

पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गईरहेको छ । यसैक्रममा सुनवल नगरपालिका वडा नं ०९ रुपन्देही बस्ने लिलादेवी पूनले आफ्नो श्रीमान नगेन्द्र पूनको जन्मोत्सवमा बीमा पोलिसी उपहार स्वरुप दिएकी छिन् ।

आफनो श्रीमान्को जन्मोउत्सवको अवसरमा उनले श्रीमानलाई सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन शुभारम्भ योजना बीमा पोलिसी खरिद गरि उपहार दिएकी हुन् ।

जन्मदिनको कार्यक्रममा परासी शाखाका शाखा प्रमुख दिपक थापा क्षेत्रीले बीमाको महत्त्व र आवश्यकताको जानकारी गराउदै सिटिजन लाइफ इन्स्योरेन्सको बारेमा छर्लङ्ग गराउदै आफ्नो श्रीमानको जन्मदिनमा उनलाई उपहार स्वरुप बीमा पोलिसी उपहार स्वरुप दिएकोमा उनलाई बधाई संगसंगै धन्यवाद दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*