सन् २०२२ मा अधिंकाश बीमा कम्पनीका शेयरधनीले कमाए, कुनको अन्तिम कारोबार कतिमा भयो ?

१५ पुष २०७९, शुक्रबार १०:३८

काठमाडौं । शेयर कारोबार २०२२ को अन्तिम दिन अधिकाश बीमा कम्पनीहरुका शेयरधनीहरुको लागि उत्साहमूलक भएको छ । मर्जरको कारण दोस्रो बजारमा अधिंकाश कम्पनीको शेयर कारोबार रोक्का भएको थियो ।धितोपत्र बोर्डको फुकुवा सम्बन्धी निर्देशिकाको कारण यस बर्ष बीमा कम्पनीका शेयरधनीहरुले लामो समय दोस्रो बजारमा शेयर कारोबारको लागि कुर्नु भने परेन ।

बीमा प्राधिकरणको पुँजिवृद्धिको निर्णयको कारण अधिंकाश बीमा कम्पनीहरुले मर्जरलाई नै प्राथमिकतामा राखेका छन् । हालसम्म ६ वटा बीमा कम्पनीहरुले एकीकृत कारोबार थालीसकेका छन् । निर्जीवन बीमा व्यवसायतर्फ हिमालयन जनरल, एभरेष्ट इन्स्योरेन्स र सानिमा जनरल र जनरल इन्स्योरेन्स एक आपसमा मर्ज भई एकीकृत कारोबार शुरु गरेका छन्।

त्यस्तै, जीवन बीमातर्फ भने सूर्या लाइफ र ज्योति लाइफ एक आपसमा मर्ज भई एकीकृत कारोबार शुरु गरेका छन् । अब १३ वटा कम्पनी मर्जर प्रक्रियामा रहेका छन् ।

प्रिमियर र सिद्धार्थले मर्जरको विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरिसकेका छन् । यि दुईले साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गर्ने वित्तिकै एकीकृत कारोबारको लागि तयारी गर्ने छन् ।
जीवन बीमा कम्पनीतर्फ यूनियन, प्राइम, गुँरास लाइफ, महालक्ष्मी र प्रभु लाइफ, सानिमा र रिलायन्स लाइफ मर्जरको प्रक्रियामा रहेका छन् । यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ लुम्बिनी र सगरमाथा, प्रिमियर र सिद्धार्थ, प्रभु र अजोड इन्स्योरेन्स मर्जरको प्रक्रियामा छन् ।

नेपाल बीमा प्राधिकरणबाट मर्जरको लागि स्वीकृति लिएका कम्पनीमध्ये ६ कम्पनीले मात्रै एकीकृत कारोबार शुरु गरेका छन् । अन्य कम्पनीहरुको मर्जर प्रक्रिया भने बाँकी नै छ । जीवन बीमा कम्पनीहरुको मर्जर प्रक्रिया निकै नै झन्झटिलो भएकोले अझै समय लाग्ने देखिएको छ ।

नेपालमा रहेका १८ वटा इन्स्योरेन्सहरु मध्ये ११ वटा इन्स्योरेन्स मात्र नेप्सेमा सुचिकृत रहेका छन ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एशियन लाइफको ५ सय ९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । हिजोको तुलनामा कम्पनीको शेयर ४ दशमलव ९६ प्रतिशतले बढेको छ भने २८ रुपैयाँले शेयर मूल्य बढेको छ ।

त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको अन्तिम कारोबार ४ सय ५१ रुपैयाँमा भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको अन्तिम कारोबार १ हजार ५ सय १७ रुपैयाँमा भएको छ । हिजोको तुलनामा आज शेयर मुल्य ३ दशमलव ६ प्रतिशतले बढेको छ भने ४५ रुपैयाँले बढेको छ ।

शेयर बजारमा नेशनल लाइफ इन्स्योरेन्सको अन्तिम कारोबार ५ सय ६९ रुपैयाँमा भएको छ । हिजोको तुलनामा शेयर मुल्य मुल्य ५ दशमलव ५६ प्रतिशतले बढेको छ भने ३४ रुपैयाँले बढेको छ ।
प्रभु लाइफ इन्स्योरेन्सको अन्तिम कारोबार ९ दशमलव ९८ प्रतिशत र ३९ रुपैयाँ २ पैसाले बढेर ४ सय ३१ रुपैयाँमा भएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको अन्तिम कारोबार ४०० रुपैयाँमा भएको छ । हिजोको तुलनामा शेयर मुल्य ९ दशमलव ९८ प्रतिशतले ३६ रुपैयाँले बढेको छ । सानिमा लाइफ इन्स्योरेन्सको अन्तिम कारोबार ३ सय ९२ रुपैयाँमा भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा १० प्रतिशतले ३५ रुपैयाँ ७ पैसाले बढेको हो ।

निर्जिवन बीमा
निर्जिवन बीमा तर्फ नयाँ बर्षको अन्त्यसँगै अधिकांश कम्पनीको शेयरमूल्य ४ सय रुपैयाँ माथि नै रहेको देखियो ।निर्जिवन बीमा कम्पनीहरुमध्ये सरकरी स्वामित्वमा रहेको कम्पनीको शेयरमूल्य सबैभन्दा उच्च रहेको देखिएको छ।
कम्पनीको शेयर साताको अन्तिम कारोबारको दिनसम्म १३ सय ५१ रुपैयाँमा भएको छ।

त्यस्तै, सर्वाधिक कारोबार गर्दै आएको निर्जिवन बीमा कम्पनीहरुको लिड गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनीको बिहिबार नेप्सेमा अन्तिम कारोबार ८सय ७२ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीको ७ सय ७९ रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ६ सय ४० रुपैयाँ, हिमालयन एभरेष्टको ४१७ रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीको ५४५ रुपैयाँ, प्रिमियम इन्स्योरेन्सको ६४१ रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सको ४१८ रुपैयाँ, अजोड इन्स्योरेन्सको ४२३ रुपैयाँ, प्रभु इन्स्योरेन्सको ४६४ रुपैयाँ ९० पैसा, पु्रडेन्सियल इन्स्योरेनसको ४०४ रुपैयाँ ५० पैसा, नेपाल इन्स्योरेन्सको ४६४ रुपैयाँ ५० पैसा र युनाईटेड इन्स्योरेन्सको ४०२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*