नेशनल लाइफद्धारा बीमादावी वापतको रकम भुक्तानी

१३ पुष २०७९, बुधबार १३:३७

काठमाडौं । नेसनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले बीमा वापतको रकम भुक्तानी गरेको छ ।

कम्पनीले प्रस्तावक भिम कुमारी रोका क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको थियो । सोको दावी भुक्तानी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड खजुरा शाखाद्वारा स्वर्गिय क्षेत्रीका छोराको बालखातामा डिपोजिट हुनेगरी मृतकका ससुरा शुक बहादुर बुढालाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

खजुरा गाउँपालिका ६ बस्ने स्वर्गिय भिम कुमारी रोका क्षेत्रीले छोरा नन्द किशोर बुढाको २०७७ असोज २९ गते १५ बर्षको बालअमृत –१ जीवन वीमा गरेकोमा थिए ।

बीमालेख चालु रहने तथा उप्रान्त वीमाशुल्क (बाकिस्ता) तिर्नुपर्ने छैन । बीमा अवधि समाप्तिमा दुईलाख रुपैयाँ बिमांक र बोनस् गरि करिब चारलाख रुपैया पुनः प्राप्त गर्ने छन् । खजुरा शाखा प्रमुख बिबाखर रिमालले सन राईज ईङ्लिस मिडियम स्कुलको प्रांगणमा सयौ विद्यार्थीको तथा शिक्षकको उपस्थितिमा बच्चाकोको बीमा गर्ने अभिकर्ता यमुना घर्ती तथा मुख्य व्यावसायिक प्रबन्धक बिष्णु के.सी. तथा मुख्य व्यावसायिक प्रबन्धक मान बहादुर डि.सि.को रोहबरमा चेक र प्रतिज्ञा–पत्र हस्तान्तरण गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*