छोराको अन्नप्रासनमा थापाले दिए रिलायबल नेपाल लाइफको २० लाखको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, विबाह, पास्नी तथा विवाह उत्सव जस्ता अवसरहरुमा जीवन बीमा पोलिसी उपहारस्वरुप दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ ।
यसैबीच खैरहनी–४ चितवन निवासी नारायण जंग थापा तथा उनकी श्रीमति सबिना रायमाझीले आफ्नो छोरा सलिन जंग थापाको अन्नप्रासनको अवसरमा छोराको नाममा जीवन बीमा पोलिसी खरिद गरिदिएका छन् । भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएकोले उनीहरुले छोरालाई अन्य भौतिक वस्तु भन्दा जीवन बीमा पोलिसी उपहार स्वरुप दिएको बताए ।
उनीहरुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको भण्डारा शाखाबाट २० लाख रुपैयाँको जीवन बीमा पोलिसी खरिद गरिदिएका हुन् । थापा र उनकी श्रीमतिले रिलायबल नेपाल लाइफको ‘रियालबल सुलभ बाल जीवन प्सल पोलिसी’ खरिद गरिदिएका हुन् ।
बीमा पोलिसी हस्तान्तरण गर्दैै मार्केटिङ प्रमुख हेमराज बस्नेतले नेपालमा पहिलो पटक अधिकतम सुविधाहरु भएको रिलायबल सुलभ बाल जीवन प्लस अहिले सबैको रोजाइको बीमा पोलिसी रहेको कुरा जानकारी दिए ।