युनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
१३ पुष २०७९, बुधबार १०:३५
काठमाडौं । युनियन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष १२ गते बसेको संचालक समितिको बैठकले आव २०७७।७८ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ८.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४५५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नियमक निकाय बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।