मुगुको छाँयानाथ रारा नगरपाालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न, कर्णालीका जनतालाई सहज रुपमा बीमा गर्न माग
काठमाडौं । मुगुको छाँयानाथ रारा नगरपाालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमा प्राधिकरणको कर्णाली प्रदेशले आयोजना कार्यक्रम हिजो सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं ८ कामु मेयर कर्ण रावल, अतिथिमा मुगुतर्फएबाट नेपाल रेडक्रस सेसाईटीका अध्यक्ष जप बहादुर मल्लको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै, कार्यक्रममा जीवन बीमक तर्फबाट दिल बहादुर बुढा, निर्जिवन बीमकको तर्फबाट ऋषिराम पाण्डे, अन्य कम्पनीको कर्मचारी, प्रतिनिधि, अभिकर्ता, सरोकारवाला पक्ष, प्रतिनिधिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं मुगुको छाँयानाथ रारा नगरपाालिका वडा नं ८ का कामु मेयरले सबैलाई बीमा दायरामा आउन आह्वान गरे । उनले सबैमा बीमाको पहुँच सहज ढंगबाट पुराउन प्राधिकरणलाई आग्रह गरेका थिए । काय्र्रक्रममा कार्यपत्र कर्णली प्रदेशका प्रमुख पदम सोडारीले गरेका थिए भने कार्यक्रम संचालन राजेन्द्र महर्जनले गरेका थिए ।