नयाँ प्रविधि प्रयोग गरेर बीमाको पहुँच फैलाउन प्राधिकरण अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ प्रविधि प्रयोग गरेर बीमाको दायरा बृद्धि गर्न नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले आह्वान गरेका छन् । सूर्या लाइफ र ज्योति लाइफ मिलेर बनेको सूर्याज्योति लाइफको आज एकीकृत कारोबार शुभारम्भ गर्दै अध्यक्ष सिलवालले नयाँ प्रविधिको प्रयोगमार्फत बीमाको पहुँच बृद्धि गर्नुपर्ने औल्याएका छन् ।
बीमा प्राधिकरणका अध्यक्ष सिलवालले प्रविधि र अनुसन्धानमा लगानी बढाउन आवश्यक रहेको बताउँदै अबका दिनमा प्रविधिमा लगानी गर्न सहज भएको बताए । आगामी दिनमा प्रविधिमार्फत बीमा पोलिसी बिक्री गर्ने पद्धतिको सुरुवात गर्नुपर्ने बताउँदै त्यसको लागि सबै बीमा कम्पनीहरु तयार हुनुपर्ने बताए । अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले बीमा साक्षरतामा लगानी गर्न आनाकानी गर्र्न नहुने बताए ।
बीमा बजारमा केही समस्याहरु देखिएको भन्दै त्यसको समाधान कानुनी बाटो मात्रै बाँकी रहेको बताए । आज लिएको बचत र जोखिम २०–३० वर्षसम्मको लागि लिएको हुन्छ । बीमा कम्पननीहरुको व्यवहार विश्वसनीय हुनु आवश्यक छ । अध्यक्ष सिलवालले दायित्व डिस्चार्ज नहुँदासम्म बीमा कम्पनीहरुको काँधमा गहन जिम्मेवारी रहने भएकोले सचेततापूर्वक काम गर्न निर्देशन दिएका छन् ।
बीमा प्राधिकरणका अध्यक्ष सिलवालले भने ‘बीमा क्षेत्रको दीगो विकास र समृद्धिको लागि बीमा प्राधिकरण जस्तोसुकै सहयोग गर्न तयार छौं ।’ अध्यक्ष सिलवालले बीमा व्यवसाय गर्ने काम बीमा कम्पनीहरु आफैको भएको बताउँदै प्राधिकरणले सहजिकरणको काम मात्रै गर्ने बताए । मर्जरपछि नेपाली बीमा क्षेत्रमा धेरै कुराहरु सुधार हुने बताए । उनले ठूलो कम्पनीहरुलाई मानिसको हेर्ने दृष्टिकोण नै ठूलै हुने हुँदा हाम्रा सोचाईहरु पनि फराकिलो हुनुपर्ने बताए । अध्यक्ष सिलवालले बोनसदर बृद्धि हुने गरी काम गर्न आह्वान गरेका छन् । त्यस्तै, दावी भुुक्तानी प्रक्रियालार्ई थप सहज बनाउन पर्ने आवश्यकता रहेको समेत औल्याए ।
अध्यक्ष सिलवालले बीमितले राम्रा राम्रा पोलिसीहरु पाउने गरी काम गर्र्न आह्वान गर्दै आम बीमितको हित र बीमा कम्पनीहरुको समृद्धिको फराकिलो सोच राखेर काम गर्न निर्देशन दिएका छन् । बीमा प्राधिकरण रणनीतिक रुपमा काम गरिरहेको बताउँदै आगामी दिनमा आम बीमित र सर्वसाधारणले थप सुविधा पाउने गरी काम गरिने जानकारी दिए ।
अध्यक्ष सिलवालले मर्जरपछि नेपाली बीमा क्षेत्रमा धेरै सुधारहरु हुने बताउँदै मर्जर प्रक्रियामा रहेका बीमा कम्पनीहरुले पनि छिट्टै नतिजा निकाल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव भट्टराईले विभिन्न चुनौतिहरुका बीचमा मर्र्जर सम्पन्न भएको बताउँदै शेयर सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।