रवि लामिछाने गृहमन्त्री बन्दै, अर्थमन्त्रीमा विष्णु पौडेल र परराष्ट्रमा नारायणकाजी श्रेष्ठ

११ पुष २०७९, सोमबार १४:५०

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री प्रचण्डले आज पद तथा गोपनियताको शपथ लिँदा कम्तीमा चार जना मन्त्रीले सँगै शपथ लिने भएका छन् । जसमा तीन जना उपप्रधानमन्त्री तथा एक जना मन्त्री हुने जनाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्री बन्दैछन् । स्रोतका अनुसार लामिछानेलाई गृहमन्त्री दिने सम्बन्धमा लगभग सहमति भएको जनाइएको छ । उनलाई उपप्रधानमन्त्री सहित गृह दिन लागिएको हो । त्यस्तै, उपप्रधानसहित अर्थमन्त्रीमा विष्णु पौडेलले शपथ लिने तयारी भइरहेको छ । उता, माओवादीबाट सरकारमा सहभागी हुन लागेको नारायणकाजी श्रेष्ठलाई परराष्ट्र वा रक्षा मध्ये एक मन्त्रालयको जिम्मेवारी तोकिनेछ ।

त्यस्तै, जनमत पार्टी सिके राउतबाट अब्दुल खानले उद्योग मन्त्रीको रुपमा शपथ लिने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*