डिएसपीको साथमा भेटियो ३५ तोला सून र २५ लाख नगद, हेडक्वाटरले छापा हान्दा रङ्गे हात पक्राउ

११ पुष २०७९, सोमबार १४:२३

काठमाडौं । इलाका प्रहरी बुटवलका प्रहरी प्रमुख नायब उपरिक्षक ठग बहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा उपत्यकाबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुल गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा ३५ तोला सुन र २५ लाख रुपैयाँको चेकसमेत बरामद गरेको छ ।

केसी तिनै डिएसपी हुन्, जसले १ साउनमा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा विवाद बढ्दै जाँदा वडाध्यक्षलाई लात्ताले हानेर पोखरीमा फ्याँकिदिएका थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*