सूर्याज्योति लाइफको एकीकृत कारोबारको औपचारिक कार्यक्रम आज ४ बजे

११ पुष २०७९, सोमबार १४:००

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार यही पुस ७ गतेदेखि अनौपचारिक रुपमा सुरु भएपछि आजबाट औपचारिक कार्यक्रम आयोजना गरिएको छ ।

आज अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले उद्घाटन गर्दै छन् । बीमा प्राधिकरणका अध्यक्ष सिलवालले उद्घाटन गर्ने कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्ष र नव नियुक्त सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले मन्तव्य राख्नेछन् । नव नियुक्त अध्यक्ष भट्टराई सूर्या लाइफका अध्यक्ष थिए ।

आजको कार्यक्रममा देशैभरिका सिनियर एजेन्सीहरुलाई समेत आमन्त्रण गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, राजधानीमा उपलब्ध एजेन्सीहरुलाई समेत निमन्त्रण पठाइएको छ । राजधानीभित्रका कर्मचारीहरुलाई समेत आमन्त्रण गरिएको कार्यक्रममा दुवै कम्पनीका सञ्चालक र मुख्य मुख्य शेयर लगानीकर्ताहरुलाई आमन्त्रण गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*